Kathmandu Press

फेसबुकमा दबाब दिएका भरमा पद त्याग गर्दिनँ : ओली

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।’
फेसबुकमा दबाब दिएका भरमा पद त्याग गर्दिनँ : ओली

काठमाडौं, असोज २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा दबाब दिएका भरमा पद त्याग नगर्ने बताएका छन्।

ललितपुरको भनिमण्डलमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् । ओलीले कसैलाई कार्यबाहक नदिने घोषणा समेत गरेका छन् । यस बिषयमा केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने ओलीले बताए। 

Hardik ivf

अध्यक्ष ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।’

गत असोज २४ र २६ गते बसेको एमाले सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । यतिबेला बसको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्नेछ। 

 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, असोज २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्