नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
काठमाडौं, असोज २९ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । बैठक बुधबार बिहान ११ बजे ललितपुरमा बस्ने तय भएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:५२ बजे, बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












