Kathmandu Press

मधेशमा लोसपाका जितेद्र सोनाललाई मुख्यमन्त्री बनाउने सहमति

जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच लोसपाको नेतृत्वमा सरकार बनाउने र नेतृत्व सोनाल गर्ने सहमति भएको हो।
मधेशमा लोसपाका जितेद्र सोनाललाई मुख्यमन्त्री बनाउने सहमति

धनुषा, असोज २९ : मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।

जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच लोसपाको नेतृत्वमा सरकार बनाउने र नेतृत्व सोनाल गर्ने सहमति भएको हो। 

Hardik ivf

मंगलबार राति राति र आज बिहान बसेको पाँच दलको बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयको भागबण्डा टुङ्ग्याउन भने बाँकी छ।

पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन्।

यता, कांग्रेस, एमाले र जनमत पार्टीले भने कांग्रेसको नेतृत्वमा सरकार बनाउने यसअघि नै निर्णय गरिसेका छन्। उनीहरुले कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णाप्रसाद यादवलाई अघि सारेका छन्।

जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले आज दिउँसो ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेकी थिइन्। 

 

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, असोज २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्