कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, असोज २९ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ।
प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
