Kathmandu Press

प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ : मन्त्री घिसिङ

उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए।
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ : मन्त्री घिसिङ

काठमाडौं, असोज २८ : भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र शहरी विकासमन्त्री कुलमान घिसिङ्ले प्रकोपहरुको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए।

Hardik ivf

‘प्राकृतिक प्रकोप एंव विपद् आउनु भन्दा अगाडि नै त्यसका समाधानहरु के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरु के–के हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो। यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहन्छ। नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन्,’ उनले भने।

यस्तै, उनले गाँउमा सबै स्थानमा सडक पुगेपनि एकदिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए।

‘अहिले सबै गाँउमा रोड पुगेको छ तर तिर रोडहरु एकदिनको वर्षाले ध्वस्त भएको छ। केन्द्र सरकारले हाइवे हेर्ने भन्छ त्यसको पनि केही बाँकी छैन, सबै बनाउनु पर्छ, उनले भने,’ ‘स्थानीय र प्रदेश सरकारले बनाएका रोडको पनि नाम निसान नै छैन। कहिले बनाउने के गर्ने यो कुरा महत्वपूर्ण छ। खानेपानीको अवस्था उस्तै छ। त्यसैले पूर्वाधारको व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको छ।’

घरहरु कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्ने अध्ययन गरेर नक्सा बनाउनुपर्ने भन्दै एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्ने उनको भनाई छ। 

 

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्