Kathmandu Press

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि ४ बजेसम्मको समय

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोलि (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन्।
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि ४ बजेसम्मको समय

जनकपुर, असोज २८ : मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोलि (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन्।

Hardik ivf

हुन त केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन्।

भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ।

आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा राजीनामा दिएका थिए। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन्।

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्