Kathmandu Press

महराको बयान सकियो

महराको बयान सकियो

काठमाडौं, असोज २७ : सुन तश्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार महरासँग बयान लिइएको थियो । आज बयान सकिएपछि बुधबार थुनछेकसम्वन्धी वहश हुने भएको छ। 

Hardik ivf

महरा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका हुन् । उनले सुन प्रकरणमा आफ्नो संलग्नता अस्विकार गरेका छन्। 

बयानकाक्रममा मुद्दामा मुख्य आरोपी रहेका चिनियाँ नागरिक दाओजिन वाङलाई सञ्चारमन्त्री हुँदा चिनेको महराले बताएका छन् । आफुलाई फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको दाबी महराको छ। 

 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्