संसद विघटनको बिषयमा सभामुख घिमिरेले दलहरुसँग राय मागे
घिमिरेले यसका लागि विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा डाकेका छन् । प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएका हुन्।-1751782448.jpg)
काठमाडौं, असोज २८ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको राय मागेका छन्।
घिमिरेले यसका लागि विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा डाकेका छन् । प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बस्ने तय भएको छ । सचेतकसँग राय परामर्श गरेपछि संविधान एवम् कानुनका जानकार विज्ञसँग राय लिने तयारी रहेको जनाइएको छ।
सचेतकहरुलाई आफ्नो दलको आधिकारिक धारणसहित उपस्थित हुन भनिएको छ।
प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
