Kathmandu Press

यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने 

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।
यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने 

काठमाडौं, असोज २८ : नेपाल राष्ट्र बैंकले यस वर्ष तिहारलक्षितसुनका असर्फी वितरण नगर्ने भएको छ ।

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।

Hardik ivf

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँकै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ । 

खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको  छ ।

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्