Kathmandu Press

निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता, जनमत पार्टी औपचारिक रुपमा विभाजन

निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता, जनमत पार्टी औपचारिक रुपमा विभाजन

काठमाडौं, असोज २८ : जनमत पार्टीबाट विभाजन भएर गठन भएको जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित जनस्वराज पार्टी दर्ता भएको जनाएको छ। उक्त पार्टीको झण्डामा निलो, सेतो र रातो रङ्गको ठाडो धर्का रहने भएको छ। 

Hardik ivf

हाललाई जनस्वराज पार्टीले कुनै निर्वाचन चिन्ह माग गरेको नदेखिएको पनि आयोगले बताएको छ । आयोगले अन्य दलको चिन्हसँग नबाझिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्न जनस्वराज पार्टीलाई निर्देशनसमेत दिएको छ।

जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा र स्थानीय तहका प्रतिनिधिहरूलाई निर्वाचन कार्यालयहरूमा गएर सनाखत गर्नसमेत भनिएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीबाट छुट्टीएर जनस्वराज पार्टी बनेको हो।

साह जनमत पार्टीको कारबाहीमा परेका थिए । त्यसपछि उनले २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। 

साहलाई कारबाही गरिएको विषय भने आयोगमा अद्यावधिक नभएको बताइएको छ। त्यसपछि साहको नेतृत्वमा पार्टी विभाजनको मान्यता पाएर दल दर्ता भएको हो। 

साह नेतृत्वको जनस्वराज दलका लागि उनीसहित सुरज सिंह, सुरेन्द्रनारायण यादव, शम्भुनाथ साह, हेमलता देवी, सुनिल कुमार यादव, सञ्जय यादव, नरेश कुशवाहा, राजेन्द्र राय, भवानी महतो, नसिमुन जहाँ शेष, करयाही देवी, मदनेश चौधरी, योगेन्द्र चौधरी, जुलेखा बिबी, सञ्जय कुमार, सरोज कुमार साह, अमिरी बाबु साह, पुनम देवी, प्रदुम्न चौधरी, पार्वती चौधरी, वीरेन्द्र साह सोनार, राम प्रवेश साह सोनार, अशोक कुमार यादव र सुनिता कुमारी यादवले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्