ऐन बनाएर भ्रष्टाचार निवारण गर्न खोज्ने प्रधानमन्त्री मै हुँ : देउवा
उनले आफूले सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११ औं संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको बताए।
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐन बनाएर भ्रष्टाचार निवारण गर्न खोज्ने प्रधानमन्त्री आफू नै भएको बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्य गर्नकै लागि भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको बताए।
‘सामाजिक कुरितिको रुपमा रहेको कमैया मुक्ति छुवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ,’ उनले भने ‘नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्य गरेर वैज्ञानिक भूमिसुधार लागु गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो।’
सभापति देउवाले आफूले नेपाली कांग्रेसलाई सधै सबै जात क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयास गरेको पनि बताए।
‘चाहे पार्टीभित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाएँ, यसमा गर्व गर्न चाहन्छु। मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरुलाई अवगत नै छ,’ उनले भने।
उनले आफूले सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११ औं संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको बताए।
देउवाले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताए। ुपाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,ु उनले भने।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
