Kathmandu Press

देउवाले दिए पूर्णबहादुरलाई कार्यवाहक सभापतिको जिम्मेवारी

देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका छन्।
देउवाले दिए पूर्णबहादुरलाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। 

देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका छन्।

‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवा भने,।

आजको बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए। जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका देउवाले केन्द्रिय समिति बैठकमा सम्बोधन गरेका थिए। 

सभापति देउलाको सम्बोधन लगत्तै बैठक स्थगित भएको छ। अर्को बैठक असोज ३० गते बस्नेछ।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, असोज २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्