Kathmandu Press

सभापित देउवाको सम्बोधनलगत्तै सकियो कांग्रेस केन्द्रीय समिति बैठक, अर्को बैठक असोज ३० गते बस्ने

बैठकलाई सम्बोधन गर्दैै उनले आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताउँदै आफू बाँचेर केन्द्रीय समिति बैठकमा आएको उल्लेख गरे।
सभापित देउवाको सम्बोधनलगत्तै सकियो कांग्रेस केन्द्रीय समिति बैठक, अर्को बैठक असोज ३० गते बस्ने

काठमाडौं, असोज २८ : सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

बैठकलाई सम्बोधन गर्दैै उनले आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताउँदै आफू बाँचेर केन्द्रीय समिति बैठकमा आएको उल्लेख गरे। 

जेन–जी आन्दोलनका क्रममा घाइते भएपछि अस्पतालमा उपचार पश्चात देउवा पहिलो पटक सार्वजनिक देखिएका हुन्।

देउवाले सरकारले निर्वाचन हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको बताए। उनले निर्वाचन हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि बताए।

केन्द्रिय समितिको अर्को बैठक असोज ३० गते १ बजे बस्ने छ।

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्