केन्द्रिय समिति बैठकमा सभापत देउवाले भने– ममाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भयो (पूर्णपाठ)
उनले त्यो आक्रमणलाई लिएर वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहने र यसलाई आफुले सहज रूपमा लिएको बताए।
काठमाडौं, असोज २८ : जेनजी आन्दोलनका नाममा आफ्नै नवासमा सांघातिक आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्।
देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्वोधन गरे । सम्वोधनकाक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताए।
उनले आफू बाँचेर केन्द्रीय समिति बैठकमा आएको पनि बताए । उनले त्यो आक्रमणलाई लिएर वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहने र यसलाई आफुले सहज रूपमा लिएको बताए।
देउवाले बूढानीलकण्ठस्थित निवासमा पैसा जल्दै गरेको भनिएको भिडिओ फेक भएकोसमेत बताए । उनले देउवाले आफ्नो कार्यकालमा केही कमजोरी, त्रुटि भएको पनि बताए । उनले देशलाई घात हुने काम नगरेको पनि बताए।
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
