Kathmandu Press

सरकारले निर्वाचनको विश्वाससिलो वातावरण बनाउन सकेको छैन : सभापति देउवा

‘चुनाव हुने सहज वातावरण भए सबै दल सहभागी हुन्छ, तर सरकारले विश्वासमा लिने काम गरेको छैन,’ उनले भने।
सरकारले निर्वाचनको विश्वाससिलो वातावरण बनाउन सकेको छैन : सभापति देउवा

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन्।

उनी बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकमा सहभागी भए। 

Hardik ivf

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले निर्वाचन हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको बताए। उनले निर्वाचन हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि बताए।

‘चुनाव हुने सहज वातावरण भए सबै दल सहभागी हुन्छ, तर सरकारले विश्वासमा लिने काम गरेको छैन,’ उनले भने।

प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ। सरकारले दलहरूसँग संवाद नगरेको आरोप लागिरहेको छ।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्