Kathmandu Press

कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असोज २८ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जसका कारण आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

यसैगरी आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, असोज २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्