Kathmandu Press

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो।
बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

सर्लाही, असोज २७ : काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन्।

Hardik ivf

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो।

‘हामीले औपचारिक रूपमा जाहेरी दर्ता गराएका छौं यदि कानुनी प्रक्रिया अघि बढेन भने न्यायिक मार्गबाट अगाडि बढ्नेछौं,’ जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने। सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला घटनाहरूले संगठनको गम्भीर ध्यानाकर्षण गराएको बताए।

उनका अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत हुंकारका आधारमा राज्यको संयन्त्र सञ्चालन हुन नहुने बताउँदै उनले भने, ‘विधिको शासन सबैभन्दा माथि हुनुपर्छ। सरकारी कार्यालयमा जबर्जस्ती प्रवेश गरी आदेश दिने प्रवृत्ति सह्य हुँदैन। दलीय राजनीति बाहिरको नाममा हुकुमी शासन चलाउनु स्वीकार्य होइन।’

अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्