Kathmandu Press

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजनको संघारमा

साहलाई साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टीबाट निष्कासन गरिएको थियो । साहलाई कारबाही गरिएको विषय भने आयोगमा अद्यावधिक नभएको बताइएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टी विभाजनको संघारमा

काठमाडौं, असोज २७ : सीके राउत नेतृत्वको जनमत पार्टी विभाजनको संघारमा पुगेको छ। 

पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपककुमार साह २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । फुटपछि बन्ने पार्टीको नाम जनस्वराज राखिएको छ।

साहलाई साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टीबाट निष्कासन गरिएको थियो । साहलाई कारबाही गरिएको विषय भने आयोगमा अद्यावधिक नभएको बताइएको छ। 

कारबाहीको बिषय अद्यावधिक नभएपछि साहको नेतृत्वमा विभाजनको मान्यता पाएर दल दर्ता हुने अवस्था देखिएको छ। 

साह नेतृत्वको नयाँ दलको पक्षमा सुरज सिंह, सुरेन्द्रनारायण यादव, शम्भुनाथ साह, हेमलता देवी, सुनिल कुमार यादव, सञ्जय यादव, नरेश कुशवाहा, राजेन्द्र राय, भवानी महतो, नसिमुन जहाँ शेष, करयाही देवी, मदनेश चौधरी, योगेन्द्र चौधरी, जुलेखा बिबी, सञ्जय कुमार, सरोज कुमार साह, अमिरी बाबु साह, पुनम देवी, प्रदुम्न चौधरी, पार्वती चौधरी, वीरेन्द्र साह सोनार, राम प्रवेश साह सोनार, अशोक कुमार यादव र सुनिता कुमारी यादवले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित मिति: १७:४० बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्