Kathmandu Press

कांग्रेसको कार्यसम्पादन समिति बैठक मंगलबारका लागि सारियो

केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसकेपछि बैठक सारिएको जनाइएको छ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक मंगलबारका लागि सारियो

काठमाडौं, असोज २७ : नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारका लागि सरेको छ।

सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सरेको हो। केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसकेपछि बैठक सारिएको जनाइएको छ। 

Hardik ivf

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक पनि मंगलबारका लागि सारिएको छ । दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ।

केन्द्रीय समिति बैठकमा सहमतिमा एजेन्डा पेस गर्नका लागि भनेर कार्यसम्पादन समितिमा छलफल भएपनि निश्कर्षमा पुग्न सकेको छैन। केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाहरू सर्वसहमति जुटाउने कांग्रेसको परम्परा छ। 

त्यसैको तयारीका लागि कार्यसम्पादन समितिको बैठक सारिएको हो। कांग्रेसको महाधिवेशन नियमित कि विशेष भन्ने विषयमा सहमति नजुटेका कारण पनि समस्या उत्पन्न भएको छ। 

 

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्