Kathmandu Press

नेविसंघले गर्यो बालेन शाह र सुधन गुरुङमाथि छानबिनको माग

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले मेयर बालेनले विगतमा पनि सिंहदरबार जलाउने धम्की दिएको बताउँदै छानविन हुनुपर्ने बताए।
नेविसंघले गर्यो बालेन शाह र सुधन गुरुङमाथि छानबिनको माग

काठमाडौं, असोज २७ : नेपाली कांग्रेसको मातृ संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनको माग राखेको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेविसंघले उक्त माग राखेको हो। पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले मेयर बालेनले विगतमा पनि सिंहदरबार जलाउने धम्की दिएको बताउँदै छानविन हुनुपर्ने बताए। 

‘सिंहदरबार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने? सुधन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्,’ अध्यक्ष शेर्पाले भने। 

उनले अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले अराजकता कन्ट्रोल नगरे त्यसको जिम्मा नेविसंघले लिने चुनौती पनि दिए। शेर्पाले पत्रकार सम्मेलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग गरे। 

साथै, ०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि उनले गरे । 

 

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्