Kathmandu Press

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे।
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

काठमाडौं, असोज २७ : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन्।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए।

Hardik ivf

मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे।

‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो,’ उनले भने, ‘यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ।’

गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको र यस विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको बताए।

 

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्