Kathmandu Press

पूर्वसभामुख महरालाई थुना म्यादका लागि अदालतमा उपस्थित गराइँदै

महरालाई म्याद थपका लागि सरकारी वकिलमार्फत प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।
पूर्वसभामुख महरालाई थुना म्यादका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं, असोज २७ : पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले अदालत उपस्थित गराउँदै छ। 

सुन तस्करी प्रकरणमा मुछिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। 

महरालाई म्याद थपका लागि  सरकारी वकिलमार्फत प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।

यसअघि पनि सीआईबीले महरालाई २०८० साल चैत ५ गते पक्राउ गरेको थियो । उनी त्यसबेला बयान प्रक्रिया पूरा गरेर हाजिर जमानीमा रिहा भएका थिए । १८ महिनापछि उनी पुनः पक्राउ परेका हुन्। 

यसअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि महारालाई सुन तस्करीमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो।

उक्त प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरी ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारीमा सीआईबी रहेको छ।

 

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्