Kathmandu Press

प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा जाहेरी

जाहेरीमा सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको दाबीसहित कारबाहीको माग राखेर जाहेरी दिइएको हो।
प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा जाहेरी

काठमाडौं, असोज २७ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ । 

जाहेरीमा सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको दाबीसहित कारबाहीको माग राखेर जाहेरी दिइएको हो।

Hardik ivf

सुवेदीले गत साता दिएको एउटा अन्तर्वार्ताका क्रममा जेनजी आन्दोलनको बेला प्रचण्डको निवास जलाइनुभन्दा दुई दिनपहिले नै उनको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर लुकाइएको दाबी गरेका थिए । 

उक्त अभिव्यक्तिले नेतृत्वविरुद्ध गलत र तथ्यहीन प्रचार गरी भ्रम सिर्जना गरेर चरित्रहत्या गरेको जाहेरीमा उल्लेख छ । डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको बताउँदै त्यसबारे आवश्यक अनुसन्धान गरी सेवेदीमाथि कानुनी कारबाहीको माग गरिएको छ । 
 
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असोज २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्