Kathmandu Press

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

काठमाडौं,असाेज २७ : जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । 
सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो। 

शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ। 

शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन। 

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।

 

प्रकाशित मिति: ११:२४ बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्