११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय
-(2)-1760323653.jpg)
काठमाडौं, असाेज २७ : नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन्।
‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ। स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौं,’ उनले भने।
उनका अनुसार बैठकले प्रधेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्ने माग गरेको बताए।
‘प्रधेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढङगले गरिएको प्रधेशसभाको विघटनलाई बदर गर्दै प्रधेशसभा पुनर्स्थापना भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उनले भने।
उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेद, प्रतिशोध र मुठभेटको बाटोमा हिडिरहेको बताए ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
