Kathmandu Press

कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, असोज २७ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। 

देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

यस्तै,आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै,आज राति भने देशभर मौसम मुख्यतया सफा रहने छ। 

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, असोज २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्