Kathmandu Press

सर्वोच्चमा असोज २८ देखि रिट दर्ता र सुनुवाई

आगामी असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने भएको हो।
सर्वोच्चमा असोज २८ देखि रिट दर्ता र सुनुवाई

काठमाडौं, असोज २६ : सर्वोच्च अदालतले जेन–जी आन्दोलनकाक्रममा भएको आगजनीका कारण रोकिएको रिट निवेदन र अन्य निवेदनमा दर्ता एवम् सुनुवाईको काम शुरु गर्ने तयारी गरेको छ।

आगामी असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता एवम् सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले एक सूचना जारी गर्दै उक्त जानकारी गराएका हुन्। 

सूचनामा उल्लेख छ, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्।’

जेनजी आन्दोलनकाक्रममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटका कारण न्यायिक कामकारबाही स्थगन हुँदै आएको थियो। अहिलेसम्म प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए। 

 

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, असोज २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्