Kathmandu Press

पत्रकारहरुलाई चौथो अंग भनिए पनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए।
पत्रकारहरुलाई चौथो अंग भनिए पनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

काठमाडौं, असोज २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन्।

नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए।

Hardik ivf

‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग भनिन्छ, तर व्यवहारमा त्यो सम्मान छैन । कहिलेकाहीँ राज्यबाट हेपिएको जस्तो महसुस हुने अवस्था आएको छ।’

उनले पत्रकारहरुको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर भएको उल्लेख गरे। 

‘औपचारिक सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘मेरो कार्यकाल पाँच महिनाको मात्र छ, तर यही अवधिमा मैले महसुस गरेको छु—सञ्चार क्षेत्रलाई कोषमा ल्याउन आवश्यक छ।’

मन्त्री खरेलले औपचारिक क्षेत्रका सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा जानैपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताए। 

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्