Kathmandu Press

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता महरा पक्राउ

गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो।
सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता महरा पक्राउ

काठमाडौं, असोज २६ : सुन तस्करी प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी कृष्णबहादर महरा पक्राउ परेका छन् ।

उनलाई सीआईबीको टोलीले आज काठमाडौंबाट पक्राउ गरेको हो। 

Hardik ivf

गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। 

भेपमा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो। 

महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो । 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्