जेनजी आन्दोलनमा ‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक

काठमाडौं, असोज २६ : भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको शंकास्पद तस्बिर सार्वजनिक भएको छ।
प्रहरीले ति शंकास्पद युवकको खोजी कार्य सुरु गरेको छ।
‘टीओबी’ लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरूको जेन–जी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमार्फत बाहिरिए पनि ‘एआई’ निर्मित भन्दै सामान्य रुपमा लिइएको थियो। तर पेस्तोल नै बोकेको तस्बिर बाहिरिएपछि प्रहरीलाई समेत गम्भीर बनाएको छ।
काठमाडौं प्रहरी परिसरले ‘टिओबी’ लेखेको टिसर्ट लगाएका युवक र पेस्तोलसहितको शंकास्पद तस्बिरका फुटेजहरु संकलन गरिएको बताइएको छ । ति व्यक्तिको पहिचान भएपछि पक्राउ गरी अनुसन्धान कारबाही गर्ने तयारीमा प्रहरी छ।
सार्वजनिक भएको तस्बिरमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि ढाडमा पेस्तोल घुसारिरहेको देखिएको छ । उक्त फोटो एआइ निर्मित नभएको निश्कर्षमा प्रहरी पुगेको छ। प्रहरीले ति युवकको खोजी कार्य शुरु गरिसकेको छ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
