Kathmandu Press

राष्ट्रिय सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री र सभाका अध्यक्षबीच छलफल

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री र सभाका अध्यक्षबीच छलफल

काठमाडौं, असोज २६ : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघमा एक तिहाई सांसदहरुको अवधि सकिँदैछ। फागुनको २० गते केही सांसदको समयवाधि सकिँदै छ। हामीले ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्छ। निर्वाचनको बारेमा हामीले रिपोर्टिङ गरी सल्लाह गर्यौं।’

उनले राष्ट्रिय सभालाई गतिशिल बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकहरुको विषयमा पनि छलफल गरिएको जानकारी दिए।

अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए। 
 
प्रकाशित मिति: १५:३४ बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्