Kathmandu Press

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ।
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर, असोज २६ : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ।

जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ।

अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले भोली गर्ने उनले बताए।

अधिवेशन बाट नयाँ नेतृत्वकालागि हालसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव अकांक्षी रहेका छन्।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्