Kathmandu Press

हमासको नयाँ बन्धकको सूचीमा विपिन जोशीको नाम पनि

हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो।
हमासको नयाँ बन्धकको सूचीमा विपिन जोशीको नाम पनि

काठमाडौं, असोज २६ : गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ।

हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो।

यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ।

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, असोज २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्