Kathmandu Press

कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारिएको बताए।
कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो

काठमाडौं, असोज २६ : आज  बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक सारिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठक अब भदौ २८ गतेको बस्नेछ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारिएको बताए।

‘भोलि २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौं । त्यसलाई दुईदिन पछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरु हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ,’ उनले भने, ‘त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न सकौं र राजनीतिक मुद्धाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौं भनेर दुई दिनको लागि बैठक सारेको हो।’

प्रवक्ता महतले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए। 

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, असोज २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्