Kathmandu Press

सामान्य बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सामान्य बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं, असोज २५ : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सामान्य बान्ता भएर उनलाई अस्पताल लगिएको हो। बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन्। उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ । 

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, असोज २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्