ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित
-1760167039.jpg)
काठमाडौं, असाेज २५ : आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी भोलि बैठक निरन्तर रहने छ ।
गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।
शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए।
प्रकाशित मिति: १३:०२ बजे, शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
