Kathmandu Press

एमालेको सचिवालय बैठक आज पनि जारी

एमालेको सचिवालय बैठक आज पनि जारी

काठमाडौं, असाेज २५ : आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ। 

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो। 

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ। 

प्रकाशित मिति: ०९:४७ बजे, शनिबार, असोज २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्