डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते

डोटी, असोज २५ : डोटीमा गाडी दुर्घटना भएको छ।
अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
प्रकाशित मिति: ०९:२१ बजे, शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
