Kathmandu Press

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौं, असाेज २५ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। 

बिहीबारबाट बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने बताइएको छ। 

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन्।

बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस चलिरहेको छ।

प्रकाशित मिति: ०८:१७ बजे, शनिबार, असोज २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्