Kathmandu Press

कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असाेज २५ : हाल नेपालको सम्पूर्ण भू–भागबाट यस वर्षको मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै, कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती भने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। 

प्रकाशित मिति: ०८:१० बजे, शनिबार, असोज २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्