बन्यो बिपी राजमार्ग, आजबाट यातायात चल्ने
सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए।-1760145140.jpeg)
काभ्रे, असोज २५ : असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग आज दिउँसोबाट सञ्चालनमा आएको छ।
बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १६ ठाउँमा क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको करिब ५ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ।
सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए।
बाढीले क्षति पुर्याएको सडक सोमबारबाट सिन्धुली र काभ्रे दुवै तर्फबाट मर्मत सुरु गरिएको थियो। बाढीले सिन्धुलीको नेपालथोक र काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पु¥याएको थियो । सिन्धुलीको नेपालथोक र वर्षेखोला क्षेत्र तथा काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले, माम्ती लगायतकाले क्षेत्रमा क्षति पुगेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिए। उनले उपकरण तथा जनशक्ति थप गर्न र राति पनि काम गर्न निर्देशन दिएका थिए।
रोशी खोलामा गत वर्ष पनि असोज महिनामा आएको बाढीले राजमार्गमा क्षति पुर्याएको थियो। यस वर्ष गतसाल अस्थायी रूपमा सडक बनाएकै ठाउँमा सडकमा क्षति पुर्याएको हो ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
