Kathmandu Press

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरुका नेताहरु र राजनीतिक दलहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन्।
निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

काठमाडौं, असोज २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले राजनीतिक दलहरु निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति नरहेको बताए।

शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरुका नेताहरु र राजनीतिक दलहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन्।

‘आजको छलफलमा राजनीतिक दलहरुका नेताहरुको तर्फबाट पनि र राजनीतिक दलहरुको तर्फबाट पनि निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमती रहेन । निर्वाचनमा जानुपर्छ भन्ने कुरा उहाँहरुले पनि आत्मसात गर्नुभएको छ र निर्वाचनमा जाने हो भन्नु भएको छ तर त्यसमा कतिपय राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकोले निर्वाचन स्वस्छ, निश्पक्ष, धादलीरहित वातावरणमा हुनुपर्छ भन्ने रहेको छ,’ उनले भने।

मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले आज जेनजीहरुबीच छलफल गर्ने पनि बताए। 

प्रकाशित मिति: ०६:५३ बजे, शनिबार, असोज २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्