Kathmandu Press

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए।
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

काठमाडौं, असोज २४ : अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

Hardik ivf

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। केही कुरामा हाम्रो आपत्ति छ। मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो। त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’ उनले भने। 

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए।

‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’ उनले भने।

उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए। भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए। 

 

प्रकाशित मिति: २१:४९ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्