Kathmandu Press

सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : डा.महत

प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन्।
सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : डा.महत

काठमाडौं, असोज २४ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन्।

आज बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन्।

Hardik ivf

‘निर्वाचन गर्ने मिति तोकिएको छ । राजनीतिक रुपमा जनताप्रति विश्वास गर्ने पार्टी भएकाले कांग्रेस जनतामा जाने कुरालाई नकार्न सक्दैन । तर सरकार चुनावलाई सहज, निश्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन । निर्वाचन हुन्छ, हुदैँन भन्ने कुरा पनि अन्योलमा परेको छ,’ उनले भने।

उनले संवैधानिक व्यवस्थामा हाल निर्माण भएको सरकार र संसद विघटनको कार्य असंवैधानिक रहेको बताए।

चुनावी वातावरण सिर्जना हुन नसक्दा संसद पुर्नस्थापनाको बाटो पनि खुल्ला राख्नुपर्ने डा.महतको भनाइ छ। 

 

प्रकाशित मिति: २१:३९ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्