Kathmandu Press

राष्ट्रपतिको आह्वानमा शितलनिवासमा सर्वदलीय बैठक 

राष्ट्रपतिको आह्वानमा शितलनिवासमा सर्वदलीय बैठक 

काठमाडौं, असोज २३ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितलनिवासमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरु पनि उपस्थित छन्। बैठकमा आगामी फागुन २१ गते तय गरिएको निर्वाचनबारे छलफल चलिरहेको बताइएको छ। 

Hardik ivf

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी र वर्षमान पुन, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र बिना लामा, एकीकृत समाजवादीबाट बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल, जनमत पार्टीबाट सीके राउत सहभागि छन्। 

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश आर्याल र जगदीश खरेल सहभागी भएका छन्।

 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्