कांग्रेसका पदाधिकारी वैठकमा चुनाव र संसद् पुनर्स्थापना दुबै विकल्प खुला
(1)-1760071998.jpg)
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको वैठकमा चुनाव र संसद् पुनस्र्थापना दुबै विकल्पमा खुला रहनुपर्ने सुझाव आएको छ।
पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा नेताहरूले यस्तो धारणा राखेकोकांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले संचारकर्मीलाई जानकारी दिए।
बैठकको सार सुनाउँदै डा. महतले भने, ‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथिमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनतामा जाने कुरालाई नकार्न सकिन्न।’
चुनावमा जाने कुराका अतिरिक्त संसद् पुनस्र्थापनाको बाटो पनि खुला राख्नुपर्ने आवाज बैठकमा उठेको डा. महतले जानकारी गराए । आगामी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कांग्रेस बैठक बसेको हो।
बैठकले आगामी चुनावका साथमा पार्टीको महाधिवेशन लगायत बिषयमा एजेन्डा समेत तयार पारेको बताइएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी तालिका ल्याउने तयारीमा छन्।
बैठकमा बिहीबार १२ र शुक्रबार १३ जनाले धारणा राखिसकेका छन् ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
