जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश दिएको थिएन : निवर्तमान गृहमन्त्री लेखक

काठमाडौं, असोज २३ : निवर्तमान गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन्।
कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो भनाई राखेका हुन्।
‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन्। यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन। त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’
लेखकले भने।
लेखकले घुसपैठ भएको विषय सत्य देखिएकोसमेत बताए । लेखकले भने, ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो । त्यसपछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’
प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
