Kathmandu Press

विदेशमा रहेका मतदातालाई निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ता आयोगमा

सर्वाच्चले २०७४ सालमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन आयोगका नाममा आदेश जारी गरेको थियो।
विदेशमा रहेका मतदातालाई निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ता आयोगमा

काठमाडौं, असोज २४ : आउँदो फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदातालाई सहभागी गराउन जेनजी अभियन्ता निर्वाचन आयोग पुगेका छन्।

सर्वोच्च अदालतको फैसला अनुसार विदेशमा रहेका नागरिकहरुलाई आगामी निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन अनुरोध गर्दै उनीहरुले आयोगमा निवेदन दिएका छन्।

Hardik ivf

सर्वाच्चले २०७४ सालमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन आयोगका नाममा आदेश जारी गरेको थियो। 

जेनजी अभियन्ताले निर्वाचन आयोग समक्ष आदेश कार्यान्वयन गराउन माग गरेका छन् । निवेदकहरुमा उपार्जुन चाम्लिङ, अफ्साना बानु, शिव यादव, प्रदिप पाण्डे, सुप्रिया राज्यलक्ष्मी शाह, आदित्य आचार्य, खेमराज साउदलगायत रहेका छन्। 

निवेदनमा विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन २०७४ सालमा जारी भएको सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय नगरिएको भन्दै प्रश्न उठाइएको छ। 

विदेशमा भएका आम नेपालीलाई आसन्न निर्वाचनमा मतदानको अधिकार सुनिश्चितका लागि आवश्यक प्रबन्ध गरी नागरिकको अधिकार सुशिश्चित गर्नुपर्ने अभियन्ताको भनाई छ। 

 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्