Kathmandu Press

आपसी विवाद हुँदा टोखामा युवकको हत्या

आपसी बादविवादको क्रममा लिम्बुमाथि फलामको रड प्रहार गरिएको थियो। त्यसपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो।
आपसी विवाद हुँदा टोखामा युवकको हत्या

काठमाडौं, असोज २४ : टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राती एक युवकको हत्या भएको छ।

पाँचथर घर रहेका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा प्रहरीले उदयपुरका गणेश लामा र सिन्धुलीका खुप बहादुर तामाङलाई पक्राउ गरेको छ। 

आपसी बादविवादको क्रममा लिम्बुमाथि फलामको रड प्रहार गरिएको थियो। त्यसपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो। 

उनको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, असोज २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्