Kathmandu Press

राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन्।
राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

काठमाडौं, असोज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै सार्वदलीय बैठक बोलाएका हुन्।

Hardik ivf

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन्।

छलफल शीतलनिवासमै हुनेछ। बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, असोज २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्